Skip to main content

Posts

कान्छी , होली र बसन्तपुर

  पछिल्लो भेटमा   कान्छी ले मतिर फर्केर भनिन "यो पटकको होली बसन्तपुरमा मनाम न है.." है पछाडी उद्गार चिन्ह छ यो प्रश्न थिएन सुझाब पनि थिएन यो योजनामाथिको लालमोहर थियो म अवाक भए बोल्न सकिन आवाज निस्कदै निस्केन न मौन समर्थन,न चर्को बिरोध अह म बोलिन ।। दिउसो चिया भेटमा साथीले बडो मज्जाले भनेका थिए अङ्ग्रेजी हुन्कारका साथ "Holi is a sexy festival its all about opportunities " बसन्तपुर गैन्छ छोटा भिजेका लुगाहरु कलिला तिघ्राहरु बयस्क गालाहरु छुने मुसार्ने अनि त के के के के म  कान्छी लाइ लिएर बसन्तपुरमा कसरी जाम म आफ्नै साथीसँग आफ्नी  कान्छी लाइ जोगाउन सक्दिन भने होलीका नाममा नशामा मात्तिएका आबेगमा लठ्ठिएका हजारौ पिपासुबाट मेरी  कान्छी लाइ उसकै सर्वप्रिय ठाम बसन्तपुरमा कसरी जोगाउछु म  कान्छी लाइ के भनम कारण के बताम आफ्नो मौनताको म उसलाइ उसले लाउने लुगामा बन्देज लाउन सक्दिन उसको पसन्द ना पसन्दमा पनि बोल्न सक्दिन न त बसन्तपुर नजाम भन्न नै सक्छु ।। कहिले चाडका नाममा कहिले मेलापातका नाममा कहिले झलमल्ल अध्यारोमा कहिले निस्पट उज्यालोमा कहिले बसमा कहिले माइक्रोको अन्तिम सिटमा आजपन
Recent posts

(कथा) अनि बीपी-मदन एकअर्कालाई हेर्दै मुस्कुराए

पुसको     चिसो । तापक्रम दिनानुदिन घट्दै छ । राजनीतिक गर्मी झन्‌झन् बढ्दो छ । रेडियोमा समाचार छिनछिनमा प्रसारित छन्, एक घन्टाअघिको समाचार अहिलेको बुलेटिनमा मिल्दैन । घटनाक्रम बदलिसकेका हुन्छन् । टीभीका प्रस्तोता भने थरीथरीका वक्तालाई स्टुडियोमा बोलाएर झपारिरहेका छन्, के तिनमा प्रश्न सोध्ने शालीनता र उत्तर सुन्ने धैर्य छैन ? कोरोना हराइसक्यो, शहरमा आर्थिक, सामाजिक अनि राजनीतिक चहलपहल बढ्दो छ । हाइवे लोकन्थलीबाट हिँडेर जडीबुटी आउँदै छ । ऊ मनोहरा फाँटको अँध्यारो बाटोमा हिँड्दै छ । आज साँझ काभ्रेली खाजाघरमा उसले तीन पिलेट भुटन, दुई हाफ खुकुरी रम र छवटा खुकुरी चुरोट खाएर आफ्नो डेरा फर्किंदै थियो । हाइवेको बाटो सही थियो, चाल सही थिएन । ऊ रमले मातेकाे थियो । बाटोमा दुई मान्छे टर्च बालेर त्यही बाटो हिँड्दै थिए । तिनीहरूले हाइवेको मुखमा टर्च बाले । 'बटुवातिर टर्च नतेर्स्याउनुस् महोदय, बाटोमा बाल्नुस्, लडिएला', हाइवेले भन्यो । 'हाम्लाई चिनेनाै ?' 'बल्ल चिनेँ', मदन भण्डारी र बीपी कोइराला मध्यरातमा मनोहरा फाँटमा भेटिएका थिए । 'कहिले आउनुभो ? कस्तो छ माथि ?' मलिन स्व

चुनाबी उकुसमुकुस ..

  चुनाबी उकुसमुकुस. सञ्जित भारती                                                 बिदा भयो ।२५ बैशाख बाट ४ जेष्ठ सम्म अर्थात चुनाबी सरगर्मीका बिच सुरु भएको मेरो बिदा मतपरिणाम आउदैगर्दा सकिनेछ ।२० वर्षको लामो अन्तरालपछी भैरहेका हुदा चुनाबी उत्साह सबैतिर थियो तर मेरो प्रदेशमा चुनाब बैशाख ३१ मा नहुने तय थियो ।त्यसैले कम्तीमा यो दश दिने बसाइमा म चुनाबी उत्साह चहलपहल बाट टाढा हुने लगभग निश्चित थियो तर त्यसो भएन ।मलाइ जानु थियो निजगढ ।निजगढ दुइ कारणले चर्चामा हुन्छ अन्तरास्ट्रिय बिमानस्थल अनि फास्टट्रायक दुइ बहुचर्चित परियोजनाले निजगढ मिडियामा सुनिरहिन्छ । *** झिसमिसेमै बल्खु पुगियो ।टाटासुमोको बाटो दक्षिणकाली भिमफेदी हेटौंडा हुदै जाने सबैभन्दा छोटो दुरीको यातायात नै निजगढ जाने अधिकान्स यात्रुको रोजाइ हुन्छ ।बल्खुमा गाडी कम थियो ।प्राय गाडी चुनाबी प्रचारमा प्रयोग भएका रहेछन ।नहोस पनि कसरी सानो गाडी भएपनी ११-१२ जना अट्ने अनि अरुगाडी हेरि सस्तो भाडामा पाइने भएकाले टाटासुमो सबै पार्टीको साझा रोजाइ भएको थियो ।    गाडी पाउदा र हिड्दा काठमाडौमा चुनाबी रुटिन सुरु भैसकेको थियो ।दक्षिणकाली उकालो लागेस

प्रधानमन्त्रीलाई चिठ्ठी : हरेक दिन ऐंठन पर्छ कामरेड !

  डियर कामरेड, लकडाउनको तेस्रो किस्ता थपिएपछि तपाईंले अघिल्लो पटक  देशवासीका नाममा गरेको सम्बोधन र बढ्दो लकडाउनसँगै आम मानिसको दैनिकी र जीविकोपार्जनमा देखिएको पछिल्लो घटनाक्रमका कारण यो पत्र लेखेको छु । बन्दाबन्दी अकस्मात भइदियो, तर यो स्वभाभिक थियो । शक्ति र सामर्थ्यमा हामीभन्दा निक्कै उच्च र बलवान् राज्यहरुमा पनि कोरोनाको कहर चुलिँदै जाँदा सीमित श्रोत साधनमा जुझिरहेका हामीलाई लकडाउन सरल र एक मात्र उपाय लाग्नु स्वभाविक नै थियो । हामी डेरामा बस्छौँ । हाम्रो तलामा तीनवटा कोठा छन् । हामी तल घरको गेटमा पनि नपुगेको आज २३ औं दिन भइसकेको छ । केही अत्यावश्यक सरसामान किन्नका लागि भने मम्मी बाहिर निस्किनुहुन्छ । नत्र हामी लकडाउनको पूर्ण पालनामा छौं । किनकी मलाई थाहा छ, सरकारले गरेको लकडाउन मलाई र मेरो परिवार बाँचून भन्नका लागि नै हो । सरकार म लगायत करोडौं जनताप्रति संवेदनशील छ भन्ने मलाई थाहा छ । यो त मेरो कुरा भयो काम्रेड । तपाईंको सुनाउनुस् ! कसो छ ? देश लकडाउनमा गएको २३ दिन पुग्दैछ । तर, तपाईं र तपाईंको सरकार लकडाउनमै बसेको महिनौ भएको जस्तो लाग्छ । तपाईं हामीबीचको संवादको बन्दाबन्दी र प्रत्य

झोला महात्म्य

  “शिल्पी, अबको २० मिनेटमा !” “हस् !” म बतासिएँ पुरानो बानेश्वरतिर । बस, टेम्पो— दुईथरी गाडी चढेर निर्धारित समयभन्दा ६ मिनेट ढिलो पुगें । ‘ययाति’को नियमित शो शुरु हुँदै थियो । नाटकको ठूलो पोस्टरअघि उभिएको थियो पात्र ‘अ’, जसले मलाई फोन गरेको थियो । “बाटो ब्रो ! खै झोला ?” ‘अ’को प्रश्न आइहाल्यो । हतारमा छुट्यो । कि बिर्सिएँ मैले ? के उसले मलाई झोला नभिरेको बेला देखेकै छैन ? झोला मेरो बानी हो र ? के झोला नहुँदा म फरक देखिएको थिएँ र ? झोलावाला प्रश्नले रन्थनिएपछि यति लेखियो । हुन त झोलाको उत्पत्ति कहाँ, कसरी र कुन समयमा भयो भन्ने यथेष्ट अध्ययन र प्रमाण नभेटिए पनि एक अज्ञात स्रोतको खबरलाई मान्ने हो भने झोलाको प्रयोग पहिलोपटक पृथ्वीलोकमा भन्दा स्वर्गलोकमा भएको हो । नारदमुनी खबरी थिए । कुरौटे स्वभावका नारदमुनीले एक ठाउँका कुरा अर्को ठाउँमा प्रवाह गर्थे । पछि समयक्रममा सुनाइने र बोलिने कुरामा विश्वसनीयता घट्दै गएपछि नारदमुनीले लिखित सन्देश पठाउन थाले । तसर्थ ती सारा लिखित सन्देश कसरी प्रवाह गर्ने भनी सल्लाह लिन विश्वकर्मा बाबाकहाँ पुगे । बाबाले धातु, रत्न, पल्ला र मंगलजडित एउटा झोला बनाए । नार

चिसो चिसापानी

  "भोलि एउटा ट्रिप प्लानिङ मिटिङ राखेको छु, आउनुहोला," 'हरियो ढुङ्गा' नाटक हेरेर शिल्पी थिएटरबाट बाहिरिँदै गर्दा अज्ञात सरले नयाँ वर्षको शुरुवाती हाइकिङ 'वान नाइट स्टे' वाला योजनाबारे रहस्योद्घाटन गर्‍यो । "हस् !!" आज्ञाकारी भावमा मुन्टो हल्लाएँ । एक हप्ताअघि बिहीबारको कुरो थियो । गौशालामा मिटिङ बस्यो– एउटा सामान्य होटलमा । सामान्य होटलको अर्थ- जहाँ मान्छे भोक लागेपछि मात्र जान्छन् अर्थात् जुन होटलमा ग्राहक पुग्नेबित्तिकै तातो पानी, मेन्यु र वाईफाई पासवर्ड आउँदैन । एउटा सानै टेबलको वरिपरि पाँच थान जिन्दगीहरु अडिए । प्लान अर्कै लेभलमा थियो मैले जानेसम्म । "चिसापानी जाने भैयो, तपाईं हाम्रो गाइड," अजयले एक लेभल अपको प्लानिङ सुनायो । पछिल्लो असारमा लड्दैपड्दै रातको ८ बजे पुगेको थिएँ म । अजयले अर्डर गर्‍यो, "दिदी, ३ वटा नेपाल आइस, दुई प्लेट भुटन, एक प्लेट चिउरा अनि प्याज ।" टेबल भरियो । अब ट्रेकको कुरा सुरु भयो । "चिसापानी जाने भैयो, तपाईं एकपटक पहिल्यै गएको भर तपाईं हाम्रो गाइड," अज्ञात सरले भन्यो । तपाईं सोच्दै हुनुहुन्छ हो

शून्य

  घर ढिलो पुगेँ। रेस्टुरेन्टमा अलिअलि काम त भइहाल्छ नै। बाइक पनि थोत्रो भएछ कि के हो ! पुतलीसडकबाट बालाजु आइपुग्न राति १० बजे पनि २५ मिनेट लाग्यो। दसैँमा बाइक फेर्नुपर्छ जस्तो छ। व्यापारमा त्यस्तो मनग्य आम्दानी पनि छैन। घरबेटीले भाडा बढाउँछु भनेको छ, वैशाखदेखि। केटाहरूले पनि थोरै भए नि सबैको तलब बढाइदिनु भन्न थालेको महिनौँ भइसक्यो।  बाइक थन्क्याएँ। घरका सबै सुतिसके होलान्। आध्यालाई मिसकल गरेँ। ढोका उघारिदिइन्। केही घर परबाटै बाइकको स्टार्ट बन्द गरेर डोहोर्‍याउनुपर्छ। हल्ला हुन्छ भनेका छन् घरबेटीले। आध्या खाना तताइदिन लागिन्। आरोग्य आज पनि सुतिसकेछ। म आउँदा सुतिसक्छ। म निस्किँदा उठेकै हुँदैन। भुइँचालो आएको सालको हो आरोग्य, उमेर पूरै पाँच लागिसकेको छैन।  भात पस्केसि आध्या छेउमा आएर टुक्रुक्क बसिन्। सुनाउन थालिन्, ‘अब केही दिनमा लकडाउन सुरु हुन्छ। हामी पनि घर जाने कि ?’  मैले नि हल्ला सुनिसकेथेँ। शंकरदेवका नेता भाइहरू त्यसै भन्दै थिए। चुरोट–चिया खाँदै उनीहरू लकडाउनले पार्ने सामाजिक–आर्थिक पाटोबारे घन्टौँ रेस्टुरेन्टमा बसेका थिए।  ‘घर जाऊँ, दुःखसुख हुन्छ। सहर त यस्तै त हो। आफ्नो कहिल्यै हु