चुनाबी उकुसमुकुस. सञ्जित भारती बिदा भयो ।२५ बैशाख बाट ४ जेष्ठ सम्म अर्थात चुनाबी सरगर्मीका बिच सुरु भएको मेरो बिदा मतपरिणाम आउदैगर्दा सकिनेछ ।२० वर्षको लामो अन्तरालपछी भैरहेका हुदा चुनाबी उत्साह सबैतिर थियो तर मेरो प्रदेशमा चुनाब बैशाख ३१ मा नहुने तय थियो ।त्यसैले कम्तीमा यो दश दिने बसाइमा म चुनाबी उत्साह चहलपहल बाट टाढा हुने लगभग निश्चित थियो तर त्यसो भएन ।मलाइ जानु थियो निजगढ ।निजगढ दुइ कारणले चर्चामा हुन्छ अन्तरास्ट्रिय बिमानस्थल अनि फास्टट्रायक दुइ बहुचर्चित परियोजनाले निजगढ मिडियामा सुनिरहिन्छ । *** झिसमिसेमै बल्खु पुगियो ।टाटासुमोको बाटो दक्षिणकाली भिमफेदी हेटौंडा हुदै जाने सबैभन्दा छोटो दुरीको यातायात नै निजगढ जाने अधिकान्स यात्रुको रोजाइ हुन्छ ।बल्खुमा गाडी कम थियो ।प्राय गाडी चुनाबी प्रचारमा प्रयोग भएका रहेछन ।नहोस पनि कसरी सानो गाडी भएपनी ११-१२ जना अट्ने अनि अरुगाडी हेरि सस्तो भाडामा पाइने भएकाले टाट...