Skip to main content

चुनाबी उकुसमुकुस ..

 चुनाबी उकुसमुकुस.

सञ्जित भारती                                                 बिदा भयो ।२५ बैशाख बाट ४ जेष्ठ सम्म अर्थात चुनाबी सरगर्मीका बिच सुरु भएको मेरो बिदा मतपरिणाम आउदैगर्दा सकिनेछ ।२० वर्षको लामो अन्तरालपछी भैरहेका हुदा चुनाबी उत्साह सबैतिर थियो तर मेरो प्रदेशमा चुनाब बैशाख ३१ मा नहुने तय थियो ।त्यसैले कम्तीमा यो दश दिने बसाइमा म चुनाबी उत्साह चहलपहल बाट टाढा हुने लगभग निश्चित थियो तर त्यसो भएन ।मलाइ जानु थियो निजगढ ।निजगढ दुइ कारणले चर्चामा हुन्छ अन्तरास्ट्रिय बिमानस्थल अनि फास्टट्रायक दुइ बहुचर्चित परियोजनाले निजगढ मिडियामा सुनिरहिन्छ ।

***

झिसमिसेमै बल्खु पुगियो ।टाटासुमोको बाटो दक्षिणकाली भिमफेदी हेटौंडा हुदै जाने सबैभन्दा छोटो दुरीको यातायात नै निजगढ जाने अधिकान्स यात्रुको रोजाइ हुन्छ ।बल्खुमा गाडी कम थियो ।प्राय गाडी चुनाबी प्रचारमा प्रयोग भएका रहेछन ।नहोस पनि कसरी सानो गाडी भएपनी ११-१२ जना अट्ने अनि अरुगाडी हेरि सस्तो भाडामा पाइने भएकाले टाटासुमो सबै पार्टीको साझा रोजाइ भएको थियो ।

 

 गाडी पाउदा र हिड्दा काठमाडौमा चुनाबी रुटिन सुरु भैसकेको थियो ।दक्षिणकाली उकालो लागेसी घरहरुका माथी ठुला पार्टीका ठुला झण्डा बेजोडले फरफराइरहेका देखिन्थे अनि बाटामा कार्यकर्ता जिन्दाबाद भोट के मा .. चर्का नारा लगाउदै थिए ।चुनाबी सरगर्मीमा दुइ थरी कार्यकर्ता हुन्छ एक जो त्यसै ठामका रैथाने भोटर हुन्छन अनि दोश्रा पटके कार्यकर्ता हुन्छन ।यीनलाइ जितहार भन्दा पनि मोटरसाइकलमा पेट्रोल खाना भत्ता अनि साझ ब्रान्डी भए पुग्छ ।ती कार्यकर्ता मोटरसाइकलमा दौडिन्छन अनि बाटोमा भिड जम्मा गर्छन ।यो पटकको सुमो यात्रामा यी दोश्रा थरी कार्यकर्ताले सुमो चालकलाइ धेरै ठाममा रोके अनि थर्काए पनि । 

भिमफेदीसम्म पुग्दा चुनाबी सरगर्मीको अनुपम दृश्य देखियो ।तीनघरमा लगातार तीन थरी ठुला भनिएका पार्टीका तीन झन्डा फरफराइरहेका थिए ।हिजो अस्तिसम्म संगै चौतारामा चिया खाएर केन्द्रिय स्तरका नेतालाइ एकै स्वरका गाली गर्ने अहिले एक अर्कालाई चुनाबका ठुला दुश्मन भएका छन ।हेटौंडा पुग्दा चुनाबी चहलपहल मेला भन्दा कम थिएन ।

***

चुरियामाइ मन्दिर कटेर अमलेखगन्ज पुग्दा गर्मी अत्याधिक महसुस भैरहेको थियो तर यो गर्मीमा चुनाबी ताप भनेचाही थिएन ।अर्थात पहिलो चरणको पहाडे चुनाब मा नपरेको मधेसी प्रदेश प्रदेश नम्बर दुइ आइपुगिसकेको थिएउ हामी ।अमलेखगन्जबाट पथलैयाहुदै निजगढ सम्म पुग्दा न त कतै चहलपहल देखियो न पटके कार्यकर्ता न त ठुला पार्टीका झन्डा नै ।प्रदेश नम्बर दुइ चुनाबको रौनकले छोएको रहेनछ भन्ने मेरो बुझाइ त्यतिखेर गलत साबित भयो जब पार्टीहरुले आन्तरिक रुपमा अघोषित तर लगभग तय भैसकेका उम्मेद्वार घरदैलो जानमात्र बाकी छन भोट माग्न थालिसकेछन ।चुनाब जेस्ठ ३१ लाइ त्य छ यो प्रदेशमा तर मतदाता पार्टीका उम्मेद्वार कोहीपनि पुर्ण रुपले ढुक्क भैसकेका छैनन ।

बिरगंज निजगढबाट ५०-५५ किलोमिटर दुरीमा पर्दछ ।यो ऐतिहासिक नगरीमा पनि चुनाब हुने टुङ्गो भैसकेका छैन तर यता दिनकै एउटा भए नि आमसभा हुदैछ अनि ब्यापारी भित्राउ पार्टी प्रवेश कार्यक्रम चल्दैछ जस्तो युरोपका महँगा क्लब नया खेलाडी अनुबन्धन गर्न तछाडमछाड गर्छन ।बिरगंजका एक दाजैले भने "राजपाको स्थापना पछि चुनाबी रौनक र प्रस्तिस्पर्धा झनै कडा हुने निश्चित छ ।प्रदेश चुनाबकालागी रेडी भैसकेको छ अनि पार्टी तालमेलको लागी पनि .!"यो बिदाको रमाइलो पक्ष बिरगन्ज जानुमा पनि थियो तर अर्को शहर बर्दिवास जान पनि थियो ।

 

***

बर्दिवास महोत्तरी जिल्लाको ब्यापारिक हब भैसकेको छ ।काठमाडौ छुने बाटोको उद्गम अनि जलेश्वर हुदै भारत पुगिने हुने भएकाले बर्दिवास आर्थिक रुपले यी एक दशकमा ठुलै उथलपुथल भैसकेको छ ।बर्दिवासमा दिदीको अफिस छ पुग्नुथियो ।बिहानै पुगे ।दिदीलाइ कुर्नपर्ने भयो ।बर्दिवास चोक नपुग्दै बाटोमा दुइ चौतारा छन साना साना जुम्ल्याहा चौतरा मा चिया खाने परियो ।चियापसलले नेपालमा ठुला ठुला बहसको जन्म दिएको छ ।चियापसलको बहस म सुन्दै थिए ।एकजना अलि बुढा देखिने स्थानिय नेताले भने "जेस्ठं३१ मा चुनाब भएन भने मधेसी नेताले सामुहिक माफी माग्नपर्छ यो जनतासंग गरिएको गद्दारी हुनेछ ।"यसको जवाफमा मधेसी मुलका युवा नेताको जवाफ मलिन थियो "यत्रो मधेश आन्दोलनको उपलब्धिको नाममा केही प्राप्त नभैकन मतदातालाई के पाइयो भन्दै भोट माग्न जानु ।?" उनको सानो स्वरमा मधेश्का ठुला नेताले सेफ ल्यान्डिङ गरेर राजनैतिक निकास दिएर चुनाबमा होमिनुपर्ने राय प्रकट भएको महसुस हुदैथियो ।मेरो बुझाइ यतिमात्र थियो मधेशमा चुनाबी उकुसमुकुस चर्को छ ।

***

बिदा सकियो ।फेरि पनि त्यही साढे गतिमा फर्किने भैयो काठमाडौ ।टाटा सुमो मानौ कही छोडिएको मातेको साढेको गतीमा दौडिन्छ ।काठमाडौ फर्किने दिनसम्म पहिलो चुनाबको नतिजा आउन थालिसकेको थियो ।हेटौंडा कटेर सिस्नेरी आइपुग्दा पानीमा बिजयी जुलुसमा भिजेका उम्मेदवार अनि कार्यकर्ता थिए ।बिजयी जुलुस देखेर मेरो सिटकै बाजे कराए :"यहा सुर्ज नारायणले पड्काएछ।!"

गाडी फेरि उक्लिदै दक्षिणकाली आइपुग्दा अर्को बिजयजुलुस देखियो ।मैले अघि कराउने बाजेलाइ भने "बाजे!!यता चाही रुख नारायणले जितिबक्सेछ " फेरि पनि चुनाबी नतिजा समावेशी आएछ । @12khari 

Comments

Popular posts from this blog

प्रधानमन्त्रीलाई चिठ्ठी : हरेक दिन ऐंठन पर्छ कामरेड !

  डियर कामरेड, लकडाउनको तेस्रो किस्ता थपिएपछि तपाईंले अघिल्लो पटक  देशवासीका नाममा गरेको सम्बोधन र बढ्दो लकडाउनसँगै आम मानिसको दैनिकी र जीविकोपार्जनमा देखिएको पछिल्लो घटनाक्रमका कारण यो पत्र लेखेको छु । बन्दाबन्दी अकस्मात भइदियो, तर यो स्वभाभिक थियो । शक्ति र सामर्थ्यमा हामीभन्दा निक्कै उच्च र बलवान् राज्यहरुमा पनि कोरोनाको कहर चुलिँदै जाँदा सीमित श्रोत साधनमा जुझिरहेका हामीलाई लकडाउन सरल र एक मात्र उपाय लाग्नु स्वभाविक नै थियो । हामी डेरामा बस्छौँ । हाम्रो तलामा तीनवटा कोठा छन् । हामी तल घरको गेटमा पनि नपुगेको आज २३ औं दिन भइसकेको छ । केही अत्यावश्यक सरसामान किन्नका लागि भने मम्मी बाहिर निस्किनुहुन्छ । नत्र हामी लकडाउनको पूर्ण पालनामा छौं । किनकी मलाई थाहा छ, सरकारले गरेको लकडाउन मलाई र मेरो परिवार बाँचून भन्नका लागि नै हो । सरकार म लगायत करोडौं जनताप्रति संवेदनशील छ भन्ने मलाई थाहा छ । यो त मेरो कुरा भयो काम्रेड । तपाईंको सुनाउनुस् ! कसो छ ? देश लकडाउनमा गएको २३ दिन पुग्दैछ । तर, तपाईं र तपाईंको सरकार लकडाउनमै बसेको महिनौ भएक...

झोला महात्म्य

  “शिल्पी, अबको २० मिनेटमा !” “हस् !” म बतासिएँ पुरानो बानेश्वरतिर । बस, टेम्पो— दुईथरी गाडी चढेर निर्धारित समयभन्दा ६ मिनेट ढिलो पुगें । ‘ययाति’को नियमित शो शुरु हुँदै थियो । नाटकको ठूलो पोस्टरअघि उभिएको थियो पात्र ‘अ’, जसले मलाई फोन गरेको थियो । “बाटो ब्रो ! खै झोला ?” ‘अ’को प्रश्न आइहाल्यो । हतारमा छुट्यो । कि बिर्सिएँ मैले ? के उसले मलाई झोला नभिरेको बेला देखेकै छैन ? झोला मेरो बानी हो र ? के झोला नहुँदा म फरक देखिएको थिएँ र ? झोलावाला प्रश्नले रन्थनिएपछि यति लेखियो । हुन त झोलाको उत्पत्ति कहाँ, कसरी र कुन समयमा भयो भन्ने यथेष्ट अध्ययन र प्रमाण नभेटिए पनि एक अज्ञात स्रोतको खबरलाई मान्ने हो भने झोलाको प्रयोग पहिलोपटक पृथ्वीलोकमा भन्दा स्वर्गलोकमा भएको हो । नारदमुनी खबरी थिए । कुरौटे स्वभावका नारदमुनीले एक ठाउँका कुरा अर्को ठाउँमा प्रवाह गर्थे । पछि समयक्रममा सुनाइने र बोलिने कुरामा विश्वसनीयता घट्दै गएपछि नारदमुनीले लिखित सन्देश पठाउन थाले । तसर्थ ती सारा लिखित सन्देश कसरी प्रवाह गर्ने भनी सल्लाह लिन विश्वकर्मा बाबाकहाँ पुगे । बाबाले धातु, रत्न, पल्ला र मंगलजडित एउटा झोला बनाए ।...

फोन

  म इन्द्रावती खोलाको झोलुंगे पुलमा छु । मान्छेहरू आवतजावत गर्दैछन् । बालबच्चा, बूढाबूढी, तरुना–तरुनी सबैजना आफ्नै रफ्तारमा खोली तर्दैछन् । नयाँ ठाउँ पुग्नेबित्तिकै मान्छेले अचेल दुई काम गर्छ । या त फेसबुकमा फलानो ठाउँमा छु भनेर ‘चेक–इन’ गर्छ या मोबाइलमा मुख चुच्चो पारेर झिल्मिलाउँदो सेल्फी खिच्छ । कलेजको टुरमा मेलम्ची पुगेको मलाई सम्झनाको खातिर तस्बिर खिच्नु कुनै नौलो कुरो थिएन । एचटीसी–८२० मोडलको मोबाइल झिकें । हामीजस्ता कालो वर्णका पुरुष तथा महिलाका लागि रेट्रिका र स्विट सेल्फी छ, अनुहारमा कृत्रिम चमक थपिदिनका लागि ।  मोबाइलले १–२–३ भन्दै टाइमर दिँदै थियो । अकस्मात् मेरो हातबाट मोबाइल झ्याम्मै भुइँमा खस्यो । झोलुंगे पुलको बीचतिर भएको भए त मोबाइल खोलामा खस्थ्यो । धन्न म पुलको छेउँमा भएकोले मोबाइल बगरमा खस्यो । जेहोस्– मैले आफ्नो फोनलाई श्रद्धाञ्जली दिनु परेन । बडो दुःखले ओरालो झरेर बगरमा सेतो रङको आफ्नो उही चिरपरिचित फोन भेट्दा मन दंग थियो । फोन कस्तो अवस्थामा छ भन्दा पनि फोन भेटियो भन्ने कुरामा अन्तरिम खुसी भइयो । चिसो भइसकेको मन र हराइसकेको धड्कन यसरी बिजुली गतिमा दौडियो क...