Skip to main content

Posts

Showing posts with the label Published

प्रधानमन्त्रीलाई चिठ्ठी : हरेक दिन ऐंठन पर्छ कामरेड !

  डियर कामरेड, लकडाउनको तेस्रो किस्ता थपिएपछि तपाईंले अघिल्लो पटक  देशवासीका नाममा गरेको सम्बोधन र बढ्दो लकडाउनसँगै आम मानिसको दैनिकी र जीविकोपार्जनमा देखिएको पछिल्लो घटनाक्रमका कारण यो पत्र लेखेको छु । बन्दाबन्दी अकस्मात भइदियो, तर यो स्वभाभिक थियो । शक्ति र सामर्थ्यमा हामीभन्दा निक्कै उच्च र बलवान् राज्यहरुमा पनि कोरोनाको कहर चुलिँदै जाँदा सीमित श्रोत साधनमा जुझिरहेका हामीलाई लकडाउन सरल र एक मात्र उपाय लाग्नु स्वभाविक नै थियो । हामी डेरामा बस्छौँ । हाम्रो तलामा तीनवटा कोठा छन् । हामी तल घरको गेटमा पनि नपुगेको आज २३ औं दिन भइसकेको छ । केही अत्यावश्यक सरसामान किन्नका लागि भने मम्मी बाहिर निस्किनुहुन्छ । नत्र हामी लकडाउनको पूर्ण पालनामा छौं । किनकी मलाई थाहा छ, सरकारले गरेको लकडाउन मलाई र मेरो परिवार बाँचून भन्नका लागि नै हो । सरकार म लगायत करोडौं जनताप्रति संवेदनशील छ भन्ने मलाई थाहा छ । यो त मेरो कुरा भयो काम्रेड । तपाईंको सुनाउनुस् ! कसो छ ? देश लकडाउनमा गएको २३ दिन पुग्दैछ । तर, तपाईं र तपाईंको सरकार लकडाउनमै बसेको महिनौ भएक...

झोला महात्म्य

  “शिल्पी, अबको २० मिनेटमा !” “हस् !” म बतासिएँ पुरानो बानेश्वरतिर । बस, टेम्पो— दुईथरी गाडी चढेर निर्धारित समयभन्दा ६ मिनेट ढिलो पुगें । ‘ययाति’को नियमित शो शुरु हुँदै थियो । नाटकको ठूलो पोस्टरअघि उभिएको थियो पात्र ‘अ’, जसले मलाई फोन गरेको थियो । “बाटो ब्रो ! खै झोला ?” ‘अ’को प्रश्न आइहाल्यो । हतारमा छुट्यो । कि बिर्सिएँ मैले ? के उसले मलाई झोला नभिरेको बेला देखेकै छैन ? झोला मेरो बानी हो र ? के झोला नहुँदा म फरक देखिएको थिएँ र ? झोलावाला प्रश्नले रन्थनिएपछि यति लेखियो । हुन त झोलाको उत्पत्ति कहाँ, कसरी र कुन समयमा भयो भन्ने यथेष्ट अध्ययन र प्रमाण नभेटिए पनि एक अज्ञात स्रोतको खबरलाई मान्ने हो भने झोलाको प्रयोग पहिलोपटक पृथ्वीलोकमा भन्दा स्वर्गलोकमा भएको हो । नारदमुनी खबरी थिए । कुरौटे स्वभावका नारदमुनीले एक ठाउँका कुरा अर्को ठाउँमा प्रवाह गर्थे । पछि समयक्रममा सुनाइने र बोलिने कुरामा विश्वसनीयता घट्दै गएपछि नारदमुनीले लिखित सन्देश पठाउन थाले । तसर्थ ती सारा लिखित सन्देश कसरी प्रवाह गर्ने भनी सल्लाह लिन विश्वकर्मा बाबाकहाँ पुगे । बाबाले धातु, रत्न, पल्ला र मंगलजडित एउटा झोला बनाए ।...

चिसो चिसापानी

  "भोलि एउटा ट्रिप प्लानिङ मिटिङ राखेको छु, आउनुहोला," 'हरियो ढुङ्गा' नाटक हेरेर शिल्पी थिएटरबाट बाहिरिँदै गर्दा अज्ञात सरले नयाँ वर्षको शुरुवाती हाइकिङ 'वान नाइट स्टे' वाला योजनाबारे रहस्योद्घाटन गर्‍यो । "हस् !!" आज्ञाकारी भावमा मुन्टो हल्लाएँ । एक हप्ताअघि बिहीबारको कुरो थियो । गौशालामा मिटिङ बस्यो– एउटा सामान्य होटलमा । सामान्य होटलको अर्थ- जहाँ मान्छे भोक लागेपछि मात्र जान्छन् अर्थात् जुन होटलमा ग्राहक पुग्नेबित्तिकै तातो पानी, मेन्यु र वाईफाई पासवर्ड आउँदैन । एउटा सानै टेबलको वरिपरि पाँच थान जिन्दगीहरु अडिए । प्लान अर्कै लेभलमा थियो मैले जानेसम्म । "चिसापानी जाने भैयो, तपाईं हाम्रो गाइड," अजयले एक लेभल अपको प्लानिङ सुनायो । पछिल्लो असारमा लड्दैपड्दै रातको ८ बजे पुगेको थिएँ म । अजयले अर्डर गर्‍यो, "दिदी, ३ वटा नेपाल आइस, दुई प्लेट भुटन, एक प्लेट चिउरा अनि प्याज ।" टेबल भरियो । अब ट्रेकको कुरा सुरु भयो । "चिसापानी जाने भैयो, तपाईं एकपटक पहिल्यै गएको भर तपाईं हाम्रो गाइड," अज्ञात सरले भन्यो । तपाईं सोच्दै हुनुहुन्छ हो...

शून्य

  घर ढिलो पुगेँ। रेस्टुरेन्टमा अलिअलि काम त भइहाल्छ नै। बाइक पनि थोत्रो भएछ कि के हो ! पुतलीसडकबाट बालाजु आइपुग्न राति १० बजे पनि २५ मिनेट लाग्यो। दसैँमा बाइक फेर्नुपर्छ जस्तो छ। व्यापारमा त्यस्तो मनग्य आम्दानी पनि छैन। घरबेटीले भाडा बढाउँछु भनेको छ, वैशाखदेखि। केटाहरूले पनि थोरै भए नि सबैको तलब बढाइदिनु भन्न थालेको महिनौँ भइसक्यो।  बाइक थन्क्याएँ। घरका सबै सुतिसके होलान्। आध्यालाई मिसकल गरेँ। ढोका उघारिदिइन्। केही घर परबाटै बाइकको स्टार्ट बन्द गरेर डोहोर्‍याउनुपर्छ। हल्ला हुन्छ भनेका छन् घरबेटीले। आध्या खाना तताइदिन लागिन्। आरोग्य आज पनि सुतिसकेछ। म आउँदा सुतिसक्छ। म निस्किँदा उठेकै हुँदैन। भुइँचालो आएको सालको हो आरोग्य, उमेर पूरै पाँच लागिसकेको छैन।  भात पस्केसि आध्या छेउमा आएर टुक्रुक्क बसिन्। सुनाउन थालिन्, ‘अब केही दिनमा लकडाउन सुरु हुन्छ। हामी पनि घर जाने कि ?’  मैले नि हल्ला सुनिसकेथेँ। शंकरदेवका नेता भाइहरू त्यसै भन्दै थिए। चुरोट–चिया खाँदै उनीहरू लकडाउनले पार्ने सामाजिक–आर्थिक पाटोबारे घन्टौँ रेस्टुरेन्टमा बसेका थिए।  ‘घर जाऊँ, दुःखसुख हुन्छ। सहर त यस्त...

फोन

  म इन्द्रावती खोलाको झोलुंगे पुलमा छु । मान्छेहरू आवतजावत गर्दैछन् । बालबच्चा, बूढाबूढी, तरुना–तरुनी सबैजना आफ्नै रफ्तारमा खोली तर्दैछन् । नयाँ ठाउँ पुग्नेबित्तिकै मान्छेले अचेल दुई काम गर्छ । या त फेसबुकमा फलानो ठाउँमा छु भनेर ‘चेक–इन’ गर्छ या मोबाइलमा मुख चुच्चो पारेर झिल्मिलाउँदो सेल्फी खिच्छ । कलेजको टुरमा मेलम्ची पुगेको मलाई सम्झनाको खातिर तस्बिर खिच्नु कुनै नौलो कुरो थिएन । एचटीसी–८२० मोडलको मोबाइल झिकें । हामीजस्ता कालो वर्णका पुरुष तथा महिलाका लागि रेट्रिका र स्विट सेल्फी छ, अनुहारमा कृत्रिम चमक थपिदिनका लागि ।  मोबाइलले १–२–३ भन्दै टाइमर दिँदै थियो । अकस्मात् मेरो हातबाट मोबाइल झ्याम्मै भुइँमा खस्यो । झोलुंगे पुलको बीचतिर भएको भए त मोबाइल खोलामा खस्थ्यो । धन्न म पुलको छेउँमा भएकोले मोबाइल बगरमा खस्यो । जेहोस्– मैले आफ्नो फोनलाई श्रद्धाञ्जली दिनु परेन । बडो दुःखले ओरालो झरेर बगरमा सेतो रङको आफ्नो उही चिरपरिचित फोन भेट्दा मन दंग थियो । फोन कस्तो अवस्थामा छ भन्दा पनि फोन भेटियो भन्ने कुरामा अन्तरिम खुसी भइयो । चिसो भइसकेको मन र हराइसकेको धड्कन यसरी बिजुली गतिमा दौडियो क...