Skip to main content

कान्छी , होली र बसन्तपुर

 









पछिल्लो भेटमा
 कान्छीले मतिर फर्केर भनिन

"यो पटकको होली बसन्तपुरमा मनाम न है.."
है पछाडी उद्गार चिन्ह छ यो प्रश्न थिएन
सुझाब पनि थिएन यो योजनामाथिको लालमोहर थियो
म अवाक भए बोल्न सकिन आवाज निस्कदै निस्केन
न मौन समर्थन,न चर्को बिरोध अह म बोलिन ।।

दिउसो चिया भेटमा साथीले बडो मज्जाले भनेका थिए
अङ्ग्रेजी हुन्कारका साथ
"Holi is a sexy festival its all about opportunities "
बसन्तपुर गैन्छ
छोटा भिजेका लुगाहरु
कलिला तिघ्राहरु
बयस्क गालाहरु
छुने मुसार्ने
अनि त के के के के
म कान्छीलाइ लिएर बसन्तपुरमा कसरी जाम
म आफ्नै साथीसँग आफ्नी कान्छीलाइ जोगाउन
सक्दिन भने होलीका नाममा नशामा मात्तिएका
आबेगमा लठ्ठिएका हजारौ पिपासुबाट मेरी कान्छीलाइ उसकै सर्वप्रिय ठाम बसन्तपुरमा कसरी जोगाउछु

म कान्छीलाइ के भनम
कारण के बताम आफ्नो मौनताको
म उसलाइ उसले लाउने लुगामा बन्देज लाउन सक्दिन
उसको पसन्द ना पसन्दमा पनि बोल्न सक्दिन
न त बसन्तपुर नजाम भन्न नै सक्छु ।।

कहिले चाडका नाममा
कहिले मेलापातका नाममा
कहिले झलमल्ल अध्यारोमा
कहिले निस्पट उज्यालोमा
कहिले बसमा
कहिले माइक्रोको अन्तिम सिटमा
आजपनी
मेरा कान्छीहरु असुरक्षित छन।।

कान्छी..
अहिले ९ किलासमा पढ्ने मेरी भान्जी हुन
१२ कक्षाको परिक्षा तयार गरिरहेकी सानी बहिनी हुन..
मेरी कान्छी
२०७३ /११/०१ 

Comments

Popular posts from this blog

प्रधानमन्त्रीलाई चिठ्ठी : हरेक दिन ऐंठन पर्छ कामरेड !

  डियर कामरेड, लकडाउनको तेस्रो किस्ता थपिएपछि तपाईंले अघिल्लो पटक  देशवासीका नाममा गरेको सम्बोधन र बढ्दो लकडाउनसँगै आम मानिसको दैनिकी र जीविकोपार्जनमा देखिएको पछिल्लो घटनाक्रमका कारण यो पत्र लेखेको छु । बन्दाबन्दी अकस्मात भइदियो, तर यो स्वभाभिक थियो । शक्ति र सामर्थ्यमा हामीभन्दा निक्कै उच्च र बलवान् राज्यहरुमा पनि कोरोनाको कहर चुलिँदै जाँदा सीमित श्रोत साधनमा जुझिरहेका हामीलाई लकडाउन सरल र एक मात्र उपाय लाग्नु स्वभाविक नै थियो । हामी डेरामा बस्छौँ । हाम्रो तलामा तीनवटा कोठा छन् । हामी तल घरको गेटमा पनि नपुगेको आज २३ औं दिन भइसकेको छ । केही अत्यावश्यक सरसामान किन्नका लागि भने मम्मी बाहिर निस्किनुहुन्छ । नत्र हामी लकडाउनको पूर्ण पालनामा छौं । किनकी मलाई थाहा छ, सरकारले गरेको लकडाउन मलाई र मेरो परिवार बाँचून भन्नका लागि नै हो । सरकार म लगायत करोडौं जनताप्रति संवेदनशील छ भन्ने मलाई थाहा छ । यो त मेरो कुरा भयो काम्रेड । तपाईंको सुनाउनुस् ! कसो छ ? देश लकडाउनमा गएको २३ दिन पुग्दैछ । तर, तपाईं र तपाईंको सरकार लकडाउनमै बसेको महिनौ भएक...

झोला महात्म्य

  “शिल्पी, अबको २० मिनेटमा !” “हस् !” म बतासिएँ पुरानो बानेश्वरतिर । बस, टेम्पो— दुईथरी गाडी चढेर निर्धारित समयभन्दा ६ मिनेट ढिलो पुगें । ‘ययाति’को नियमित शो शुरु हुँदै थियो । नाटकको ठूलो पोस्टरअघि उभिएको थियो पात्र ‘अ’, जसले मलाई फोन गरेको थियो । “बाटो ब्रो ! खै झोला ?” ‘अ’को प्रश्न आइहाल्यो । हतारमा छुट्यो । कि बिर्सिएँ मैले ? के उसले मलाई झोला नभिरेको बेला देखेकै छैन ? झोला मेरो बानी हो र ? के झोला नहुँदा म फरक देखिएको थिएँ र ? झोलावाला प्रश्नले रन्थनिएपछि यति लेखियो । हुन त झोलाको उत्पत्ति कहाँ, कसरी र कुन समयमा भयो भन्ने यथेष्ट अध्ययन र प्रमाण नभेटिए पनि एक अज्ञात स्रोतको खबरलाई मान्ने हो भने झोलाको प्रयोग पहिलोपटक पृथ्वीलोकमा भन्दा स्वर्गलोकमा भएको हो । नारदमुनी खबरी थिए । कुरौटे स्वभावका नारदमुनीले एक ठाउँका कुरा अर्को ठाउँमा प्रवाह गर्थे । पछि समयक्रममा सुनाइने र बोलिने कुरामा विश्वसनीयता घट्दै गएपछि नारदमुनीले लिखित सन्देश पठाउन थाले । तसर्थ ती सारा लिखित सन्देश कसरी प्रवाह गर्ने भनी सल्लाह लिन विश्वकर्मा बाबाकहाँ पुगे । बाबाले धातु, रत्न, पल्ला र मंगलजडित एउटा झोला बनाए ।...

फोन

  म इन्द्रावती खोलाको झोलुंगे पुलमा छु । मान्छेहरू आवतजावत गर्दैछन् । बालबच्चा, बूढाबूढी, तरुना–तरुनी सबैजना आफ्नै रफ्तारमा खोली तर्दैछन् । नयाँ ठाउँ पुग्नेबित्तिकै मान्छेले अचेल दुई काम गर्छ । या त फेसबुकमा फलानो ठाउँमा छु भनेर ‘चेक–इन’ गर्छ या मोबाइलमा मुख चुच्चो पारेर झिल्मिलाउँदो सेल्फी खिच्छ । कलेजको टुरमा मेलम्ची पुगेको मलाई सम्झनाको खातिर तस्बिर खिच्नु कुनै नौलो कुरो थिएन । एचटीसी–८२० मोडलको मोबाइल झिकें । हामीजस्ता कालो वर्णका पुरुष तथा महिलाका लागि रेट्रिका र स्विट सेल्फी छ, अनुहारमा कृत्रिम चमक थपिदिनका लागि ।  मोबाइलले १–२–३ भन्दै टाइमर दिँदै थियो । अकस्मात् मेरो हातबाट मोबाइल झ्याम्मै भुइँमा खस्यो । झोलुंगे पुलको बीचतिर भएको भए त मोबाइल खोलामा खस्थ्यो । धन्न म पुलको छेउँमा भएकोले मोबाइल बगरमा खस्यो । जेहोस्– मैले आफ्नो फोनलाई श्रद्धाञ्जली दिनु परेन । बडो दुःखले ओरालो झरेर बगरमा सेतो रङको आफ्नो उही चिरपरिचित फोन भेट्दा मन दंग थियो । फोन कस्तो अवस्थामा छ भन्दा पनि फोन भेटियो भन्ने कुरामा अन्तरिम खुसी भइयो । चिसो भइसकेको मन र हराइसकेको धड्कन यसरी बिजुली गतिमा दौडियो क...