Skip to main content

कान्छी , होली र बसन्तपुर

 









पछिल्लो भेटमा
 कान्छीले मतिर फर्केर भनिन

"यो पटकको होली बसन्तपुरमा मनाम न है.."
है पछाडी उद्गार चिन्ह छ यो प्रश्न थिएन
सुझाब पनि थिएन यो योजनामाथिको लालमोहर थियो
म अवाक भए बोल्न सकिन आवाज निस्कदै निस्केन
न मौन समर्थन,न चर्को बिरोध अह म बोलिन ।।

दिउसो चिया भेटमा साथीले बडो मज्जाले भनेका थिए
अङ्ग्रेजी हुन्कारका साथ
"Holi is a sexy festival its all about opportunities "
बसन्तपुर गैन्छ
छोटा भिजेका लुगाहरु
कलिला तिघ्राहरु
बयस्क गालाहरु
छुने मुसार्ने
अनि त के के के के
म कान्छीलाइ लिएर बसन्तपुरमा कसरी जाम
म आफ्नै साथीसँग आफ्नी कान्छीलाइ जोगाउन
सक्दिन भने होलीका नाममा नशामा मात्तिएका
आबेगमा लठ्ठिएका हजारौ पिपासुबाट मेरी कान्छीलाइ उसकै सर्वप्रिय ठाम बसन्तपुरमा कसरी जोगाउछु

म कान्छीलाइ के भनम
कारण के बताम आफ्नो मौनताको
म उसलाइ उसले लाउने लुगामा बन्देज लाउन सक्दिन
उसको पसन्द ना पसन्दमा पनि बोल्न सक्दिन
न त बसन्तपुर नजाम भन्न नै सक्छु ।।

कहिले चाडका नाममा
कहिले मेलापातका नाममा
कहिले झलमल्ल अध्यारोमा
कहिले निस्पट उज्यालोमा
कहिले बसमा
कहिले माइक्रोको अन्तिम सिटमा
आजपनी
मेरा कान्छीहरु असुरक्षित छन।।

कान्छी..
अहिले ९ किलासमा पढ्ने मेरी भान्जी हुन
१२ कक्षाको परिक्षा तयार गरिरहेकी सानी बहिनी हुन..
मेरी कान्छी
२०७३ /११/०१ 

Comments

Popular posts from this blog

फोन

  म इन्द्रावती खोलाको झोलुंगे पुलमा छु । मान्छेहरू आवतजावत गर्दैछन् । बालबच्चा, बूढाबूढी, तरुना–तरुनी सबैजना आफ्नै रफ्तारमा खोली तर्दैछन् । नयाँ ठाउँ पुग्नेबित्तिकै मान्छेले अचेल दुई काम गर्छ । या त फेसबुकमा फलानो ठाउँमा छु भनेर ‘चेक–इन’ गर्छ या मोबाइलमा मुख चुच्चो पारेर झिल्मिलाउँदो सेल्फी खिच्छ । कलेजको टुरमा मेलम्ची पुगेको मलाई सम्झनाको खातिर तस्बिर खिच्नु कुनै नौलो कुरो थिएन । एचटीसी–८२० मोडलको मोबाइल झिकें । हामीजस्ता कालो वर्णका पुरुष तथा महिलाका लागि रेट्रिका र स्विट सेल्फी छ, अनुहारमा कृत्रिम चमक थपिदिनका लागि ।  मोबाइलले १–२–३ भन्दै टाइमर दिँदै थियो । अकस्मात् मेरो हातबाट मोबाइल झ्याम्मै भुइँमा खस्यो । झोलुंगे पुलको बीचतिर भएको भए त मोबाइल खोलामा खस्थ्यो । धन्न म पुलको छेउँमा भएकोले मोबाइल बगरमा खस्यो । जेहोस्– मैले आफ्नो फोनलाई श्रद्धाञ्जली दिनु परेन । बडो दुःखले ओरालो झरेर बगरमा सेतो रङको आफ्नो उही चिरपरिचित फोन भेट्दा मन दंग थियो । फोन कस्तो अवस्थामा छ भन्दा पनि फोन भेटियो भन्ने कुरामा अन्तरिम खुसी भइयो । चिसो भइसकेको मन र हराइसकेको धड्कन यसरी बिजुली गतिमा दौडियो कि मानौं उ

(कथा) अनि बीपी-मदन एकअर्कालाई हेर्दै मुस्कुराए

पुसको     चिसो । तापक्रम दिनानुदिन घट्दै छ । राजनीतिक गर्मी झन्‌झन् बढ्दो छ । रेडियोमा समाचार छिनछिनमा प्रसारित छन्, एक घन्टाअघिको समाचार अहिलेको बुलेटिनमा मिल्दैन । घटनाक्रम बदलिसकेका हुन्छन् । टीभीका प्रस्तोता भने थरीथरीका वक्तालाई स्टुडियोमा बोलाएर झपारिरहेका छन्, के तिनमा प्रश्न सोध्ने शालीनता र उत्तर सुन्ने धैर्य छैन ? कोरोना हराइसक्यो, शहरमा आर्थिक, सामाजिक अनि राजनीतिक चहलपहल बढ्दो छ । हाइवे लोकन्थलीबाट हिँडेर जडीबुटी आउँदै छ । ऊ मनोहरा फाँटको अँध्यारो बाटोमा हिँड्दै छ । आज साँझ काभ्रेली खाजाघरमा उसले तीन पिलेट भुटन, दुई हाफ खुकुरी रम र छवटा खुकुरी चुरोट खाएर आफ्नो डेरा फर्किंदै थियो । हाइवेको बाटो सही थियो, चाल सही थिएन । ऊ रमले मातेकाे थियो । बाटोमा दुई मान्छे टर्च बालेर त्यही बाटो हिँड्दै थिए । तिनीहरूले हाइवेको मुखमा टर्च बाले । 'बटुवातिर टर्च नतेर्स्याउनुस् महोदय, बाटोमा बाल्नुस्, लडिएला', हाइवेले भन्यो । 'हाम्लाई चिनेनाै ?' 'बल्ल चिनेँ', मदन भण्डारी र बीपी कोइराला मध्यरातमा मनोहरा फाँटमा भेटिएका थिए । 'कहिले आउनुभो ? कस्तो छ माथि ?' मलिन स्व